श्रीवैदिक सनातन धर्म संरक्षण अभियानको प्रथम जिल्ला भेला इलाममा सम्पन्न

४ बर्ष अगाडि

ईलाम – श्रीवैदिक सनातन धर्म संरक्षण अभियान अन्तरगतको प्रथम जिल्ला भेला इलाममा सम्पन्न भएको छ। कार्यक्रममा इलाम तथा झापाका धार्मिक ब्याक्तित्व विभिन्न धार्मिक संघसंस्था प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

हरिकृष्ण घिमिरेको अध्यक्षता र पण्डित मोहन प्रसाद पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको प्रमुख अतिथी श्रीवैदिक सनातन धर्म संरक्षण समितिका केन्द्रिय अध्यक्ष आचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडा रहनुभएको थियो ।

यसैबिच भेलाले श्रीवैदिक सनातन धर्म संरक्षण जिल्ला कार्यसमिति एवं धर्म निर्णायक समिति गठन गरेको छ । कृष्ण प्रसाद घिमिरेको संयोजकत्वमा १३ सदस्यीय ईलाम जिल्ला कार्यसमिति गठन भएको हो । कार्यसमितिका  पदाधिकारीहरुमा उपाध्यक्षमा वेद प्रकाश पौडेल, पण्डित बिष्णु प्रसाद, महासचिवमा कृष्ण प्रसाद भट्टराई, सचिवमा नरेन्द्र प्रसाद पौडेल र कोषाध्यक्षमा मोहनप्रसाद पौडेल चयन हुनुभएको हो ।

त्यस्तै दिवाकर घिमिरेको संयोजकत्वमा विविध विषयमा शास्त्र सम्मत निर्णय गर्नसक्ने ११ सदस्यीय धर्म निर्णायक समिति समेत चयन गरेको छ । सदस्यहरुमा चेतनाथ निरौला, हरिकृष्ण घिमिरे, चिन्तामणि गौतम, टिका प्रसाद घिमिरे, लक्ष्मीप्रसाद दुलाल, खड्ग नारायण निरौला, यादव प्रसाद दाहाल,उपेन्द्र पोख्रेल, लक्ष्मीप्रसाद खतिवडा, खगेन्द्र सुवेदी चयन हुनु भएको कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो।

४ बर्ष अगाडि

प्रतिक्रिया