"आवश्यक परे हामी हतियार उठउन पनि तयार छौँ " : मोहन वैद्य

४ बर्ष अगाडि

जनकपुर – नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणले वर्तमान संविधान अपांग रहेको टिप्पणी गरेका छन् । 

सोमबार जनकपुरमा पोलिटव्यूरो वैठक बारे आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराउदैँ महासचिव किरणले राज्यले संघियता र संविधानमा सुनिश्चित गरेका विभिन्न अधिकारहरुलाई अपांग बनाएर निरिह संघियता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान रहेको प्रष्ट्याए ।उनले संविधान कामै नलाग्ने रहेको बताएका छन् । संविधानमा अपाङ्ग संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएको भन्दै महासचिव किरणले जनयूद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न चरणमा भएको आन्दोलनको मर्म विपरित संविधान ल्याउनु दुर्भाग्यपूर्ण रहेको बताए ।

उनले राज्यले आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको रगतको मूल्य चुक्ता गर्नुपर्ने बेलामा सत्ताको भोग विलासमा रहेर आफैले गरेको विभिन्न आन्दोलनको एजेण्डा विर्सिनु दुःखद रहेको बताए । उनले लोकसेवा आयोगले निकालेको विज्ञापन पनि आन्दोलनको जनभावना विपरित आउनुको कारण नै आन्दोलनकारी दलको नेताले आफ्नो एजेण्डा विर्सिनु भएको स्पष्ट पारे ।महासचिव किरणले भने–‘आन्दोलनमा अभिव्यक्त जनताको अपेक्षा, मधेसी, आदिवासी जनजाति, पीछडावर्ग तथा लैङ्गिक विभेद समाधान र समान अधिकारको ग्यारेन्टि गर्ने खालको संविधान बनेन । यो विचित्र प्रकारको संविधान हो ।’ वर्तमान सरकार पुरानै यतास्थितीबादीको सरकार रहेको भन्दै उनले डबल कम्युनिष्ट भन्ने पार्टी कम्यूनिष्ट नरहेको टिप्पणी गरे ।

उनले कम्यूनिष्ट पार्टीको सरकार भएको भए लोकतान्त्रिक मूल्य मान्यतालाई ख्याल गर्दै अभिव्यक्ति तथा वाक् स्वतन्त्रता, राजनीतिक दल माथिको प्रतिबन्ध लगायतका गलत कार्य ओली–प्रचण्ड सरकारले गर्ने थिएन– उनले भने । उनले विप्लब नेकपामाथि सरकारले प्रतिबन्ध लगाएर सरकार विरोधी क्रियाकलाप गर्ने राजनीतिक दल प्रतिको आक्रमण भएको टिप्पणी गरे । 
उनले विप्लब नेतृत्वको नेकपाको कार्यदिशा नै अलमल रहेकोले यसलाई प्रष्ट्याउनका लागि विप्लबसंग आग्रह समेत गरे ।

उनले विप्लबलाई आफ्नो सिद्धान्त स्पष्ट गर्नुपर्ने बताए । जनआन्दोलन, मधेस आन्दोलन लगायत चरणबद्ध आन्दोलनमा उठेका मुद्दाहरुलाई नेकपा क्रान्तिकारीले नयाँ ढंगले अगाडी बढाउने किरणले उल्लेख गर्दै संगठन विस्तार तथा नयाँ ढंगले आन्दोलन हाक्ने पोलिटव्यूरोको वैठकले तय गरेको बताए ।उनले अहिलेको अवस्थामा हतियारबद्ध आन्दोलन आवश्यकता नरहेकोले परिस्थती अनुसारको सबै वर्ग, लिंग समुदायलाई समेटेर नयाँ उचाईका साथ आन्दोनलको आवश्यकता रहेकोले सोको तयारीमा लागेको बताए ।

उनले ‘आवश्यक परे हामी हतियार उठउन पनि तयार छौँ, तर अहिले ठयाक्कै त्यो स्थिती छैन,’ उनले भने । पहिचान गुमाएर प्रदेशको नामाकरण नदी–नालाको नामबाट गरिनु गलत रहेको उनको उनले बताए । उनले प्रदेशको नाम राख्नुपूर्व जनताको विचमा गहन छलफल गरेर जनभावना अनुसार नामाकरण गर्नु नै बेस हुने बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया