आरजुका कारण केसीमाथि आइलाग्यो आपत, सम्पत्ति शुद्धिकरणमा को को पर्दैछन् ?

४ बर्ष अगाडि

काठमाडौं – सुर्यबहादुर केसीलाई धेरैले व्यवसायीको रुपमा चिन्छन् । उनी व्यवसायीसँगै राजनीतिक कार्यकर्ता पनि हुन् । पञ्चायकताकाल भरी पञ्चायको सेवा गरेका, चन्दा दिएका र पञ्चायतको आवरणमा उठती धन्दा चलाएका केसी पछिल्लो सयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू राणालाई चार करोड रकम बुझाएर काँग्रेसको तर्फबाट सांसद समेत पड्रकाए । धन देख्दा महादेवको समेत तेस्रो नेत्र खुल्छ । केसीको हकमा पनि सोही नियम लागू भयो ।

आफू सांसद हुन नपाएपनि काँग्रेसका युवा नेता धनराज गुरुङले केसीलाई देवा पत्नी आरजूलाई भेटाए । आरजूसँगको पहिलो भेटमा नै केसी प्रफूल्लित भएर निस्केका थिए । बुढानिलकण्ठ गइरहने काँग्रेसका एक केन्द्रीय सदस्यका अनुसार केसी र आरजूबीच पटक पटक भेट गराउने काममा धनराज समेत लागेका थिए । संसद्को सार्वजनिक लेखा समितिको बैठकमा चर्को कुरा गरेर उठती धन्दा चलाउन सिपालु धनराज पछिल्लो पटक भने सांसद हुन पाएनन् । तर काँग्रेस कास्कीका नेता शुक्रराज शर्मा, धनराज गुरुङहरुले मिलाएर केसीलाई काँग्रेसको सांसद समेत बनाए । तर चार करोड लगानी गरेर काँग्रेसको सांसद बनेका केसीको संसद पद समेत खुस्किने करिब करिब निश्चित भएको छ ।

अकूत सम्पत्ति कमाएको अभियोगमा प्रधानमन्त्री केपी शर्मा ओली मातहतको सम्पति शुद्धिकरण विभागले सांसद केसी विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । जानकार स्रोतहरुकमा अनुसार प्रधानमन्त्री ओली मातहतको निकायले नै सम्पत्ति शुद्धिकरणमा मुद्दा हाल्ने तयारी गरेपछि केसी रुदै कराउँदै बुढानिलकण्ठ पुगेको स्रोतको दावी छ । विश्वस्त स्रोतहरुका अनुसार केसी रुँदै कराउँदै आफ्नो शरणमा आएपछि देउवा र उनका पत्नी आरजूले प्रधानमन्त्रीलाई भनेर भएपनि मिलाउने आश्वासन दिएर फर्काएको बताइन्छ । देउवाकै सासु भएका कारण प्रतिभा राणाको राजदूत पद जोगिएको प्रसंग ल्याएर आरजूले पनि केसीलाई केही नहुने आश्वासन दिएका छन् । 

जानकारहरुका अनुसार केसी विरुद्ध ०७६ सालमा मात्रै तीन वटा मुद्दा दायर गरिसकेको विभागले केसीविरुद्ध केही समयभित्रै मुद्दा हाल्ने तयारी गरेको जनाएको छ । तर सभापति देउवा र उनकी पत्नी आरजूको आश्वासन पाएपछि केसी चुपचाप बसीरहेका छन् । बुढानिलकण्ठबाट न्याय पाइने आशमा केसी छन् । तर उनलाई न्याय मिल्ने सम्भावना भने कमै मात्र रहेको जानकारहरुको भनाइ छ । मुद्दा दायर गर्ने  अन्तिम चरणमा रहेको र  सबै कागजपत्रको अनुसन्धान भइरहेको विभागका एक अनुसन्धान अधिकृतले बताएका छन् ।

ती अनुसन्धान अधिकृतका अनुसार हाल पछिल्ला दिनमा अत्यन्तै गोग्य रुपमा केसीको सम्पत्तिको विषयमा अनुसन्धान भइरहेको छ । केही राम्रा र व्श्सिनिय तथ्यहरु फेला परेको ती अनुसन्धान अधिकृतले जानकारी दिए । उनका अनुसार केसी सोह्रै आना फस्ने देखिएका छन् । किनकी उनको ३० करोड बराबरको रकमको कुनै स्रोत खुलेको देखिदैन ।

अनुसन्धान अधिकृतका अनुसार केसीको रु ३० करोड बराबरको स्रोत नखुलेको  ’कालोधन’ फेला परेको छ । विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गतको निकाय भएकाले पनि प्रधानमन्त्री ओलीसँग छलफल चलीरहेको छ । ती अधिकृतका अनुसार विभागले केही समयमै प्रधामन्त्री केपी शर्मा ओलीलाई मुद्दाको सबै पक्षका बारेमा जानकारी गराउने तयारी गरिरहेको छ । प्रधानमन्त्री ओलीले डन भन्ने बित्तिकै अर्थात स्पष्ट निर्देशन दिने वित्तिकै मुद्दा दायर गर्ने तयारी गरिएको ती अनुसन्धान अधिकृतको भनाइ छ ।

विभागका अर्का अनुसन्धान अधिकृतले नाम नलेख्ने शर्तमा दिएको जानकारी अनुसार राजनीतिक कम र व्यवसायी बढी रहेका केही सांसदहरुको गोप्य रुपमा सम्पत्तिको विवरण संकलन गरिरहेको छ । त्यसमा नेपाली काँग्रेस निकट व्यवसायी भनेर चिनिएका केस्किा अलावा लिटिल एन्जलका उमेश श्रेष्ठ, चौधरी समूहका विनोद चौधरीको समेत सम्पत्ति छानबिन गरिरहेको छ ।

ती अनुसन्धान अधिकृतका अनुसार सम्पत्तिको अनुसन्धान गर्दा केसीको कालोधन फेला मात्रै पारिएको छैन, स्रोत त कहाँ हो कहाँ पूरै अदृश्य लगानी भएको पाइएको छ ।  उनका अनुसार केसीको अनुसन्धानका लागि मात्रै विभागले एक ट्रकजति सम्पत्ति विवरण सम्बन्धी फाइल नै झिकाएको पाइएको छ । ती सबै फाइल अध्ययन गर्दा कालोधन फेला परेको हो । विभागले केसी र उनको परिवारको करिब सात जना विरुद्ध मुद्दा दायर गर्ने तयारी छ । मुद्दाको अन्तिम तयारी भइरहेको र प्रधामनन्त्रीको मात्रै स्वीकृति बाँकी रहेको बताइएको छ ।

जानकारहरुका अनुसार सम्पत्ति शुद्धिकरण सम्बन्धी उक्त मुद्दामा  अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक पनि जोडिएको फेला परेको छ ।  नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठकले आयुक्तबाट राजीनामा दिएका थिए। उनी ७८ लाख रुपैयाँनै धरौटी राखेर छुटेका थिए। पाठकको समेत विभागले छानविन गरिरहेको जनाएको छ । विभाग स्रोतका अनुसार अनुसार सोही कलेजसँगै केसीको मुद्दा पनि जोडिएको छ ।  किनी  केसी सोही  कलेजका समेत संचालक हुन् । केसीले सो कलेजमा देखिने एउटा र नदेखिने गरी अर्को अर्थात् मोटो लगानी गरेका छन् ।

विभागका अनुसार केसीले केही संस्थामा गैरकानूनी रुपमा कालोधनको लगानी गरेर सेतो बनाउने साजिस गरेको विभागको दावी छ । कालोधन थुपारेको देखिएका कारणले पनि मुद्दामा जानैपर्ने वाध्यता आइलागेको छ । अनुसन्धान अधिकारीका अनुसार केसी नराम्ररी फस्ने देखिएको छ । विभागको कानून अनुसार सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अनुसन्धान गर्ने जिम्मेवारी रहेको छ ।

अनुसन्धान अधिकृतका अनुसार केसीको बैंक तथा वित्तीय संस्थाहरुमा समेत ठूलो शेयर लगानी छ । केसीको बैंक कारोबार पनि शंकास्पद पाइएको  छ। उनको कारोबार र उजुरीका आधारमा अनुसन्धान गर्दा कालोधन स्पष्ट देखिन्छ । बरु अरुले लुकाएर लगानी गरेका छन् । केसीको हकमा खुलमखुला नै कालोधन लगानी भएको देखिन्छ । उनको बैंक कारोबारका बारेमा वित्तीय जानकारी इकाइले विभागलाई सूचना उपलब्ध गराएको छ । अनुसन्धानका क्रममा राजस्वलगायतका कार्यालयहरुको पनि सहयोग लिइएको ती अनुसन्धान अधिकृतको भनाइ छ ।

एक पटक सरकारी वकिल कार्यालयसँग पनि समन्वय गर्ने तयारी गरिएको छ । सो समन्वय पछि मुद्दा दायर गर्ने काम अन्तिम चरणमा पुग्नेछ ।  विभागले गत र चालु गरी विभागले कुल एक दर्जन मुद्दा अदालतमा दायर गरिसकेको छ । विभागले दायर गरेको मुद्दामा पर्याप्त आधार र प्रमाण नपुगेको भन्दै अधिकांस मुद्दाको फैसला विभागको पक्षमा भने आउन सकेको छैन । केसी पोखराका चर्चित ब्यवसायी पनि हुन्। उनी राप्रपा सहप्रवक्ता थिए। राप्रपाबाट ०७४ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेपछि समानुपतिकतर्फबाट हाल प्रतिनिधिसभा सदस्य भएका छन् ।

 जानकार स्रोतका अनुसार केसीको लगानीमा हिमश्री फुड्स प्रालि , हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू (सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंक समेत रहेको छ ।

 यस्तै केसीले नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल कलेज अफ इनफर्मेसन एण्ड टेक्नोलोजी, कालिका बहुमुखी पब्लिक  क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालक रहेर मोटो रकम लगानी गरेका छन् । उनको लगानी र सम्पत्तिको स्रोतका बारेमा सत्य तथ्य पत्ता लगाएर मुद्दा प्रभावकारी बनाउने र विभागलाई सफल बनाउने सोचका साथ अध्ययन भइरहेको छ । राजनीतिको आडमा कालोध न थुपार्नेलाई कारवाहीको दायरामा ल्याउने तयारी गरिएको छ । यसबाट राजनीतिको आडमा कालो धन थुपार्ने अन्य व्यवसायीलाई समेत थप सर्तक बनाउने र भ्रष्टाचार तथा अनियमितता रोकिने जानकारहरुको भनाइ छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया