सलमानसँग नृत्य गर्न नेपाली नायिकाले गरे अस्विकार

६ बर्ष अगाडि
काठमाडौ –बलिउड अभिनेता सलमान खानसँग नृत्य गर्न नेपाली अभिनेत्रीहरुले अस्वीकार गरेका छन् । १० मार्च टुंडिखेलमा हुने सलमान खानको ‘द ब्याङ दी टुर’मा सलमानका साथ नृत्य गर्न नेपाली नायिकाहरुले अस्वीकार गरेका हुन् । आयोजक ओडिसीले अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईलाई सलमानको शोमा उनीसँगै कोरको रुपमा नृत्य गर्न फर गरेको थियो । उक्त अफर यी अभिनेत्रीले अस्विकार गरेका हुन् । आयोजक ओडिसीले केही दिन पहिले राजधानीमा एक पत्रकार भेटघाटको कार्यक्रम गर्दै सोको बारेमा बिभिन्न जानकारी दिएको थियो । उक्त कार्यक्रममा सलमानसँगै नेपाली अभिनेत्रीले समेत प्रस्तुति दिने बताएको थियो । सोही अनुसार आयोजकले नेपाली अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडल एलिशा राईलाई कोरसका रुपमा सलमानका साथ नृत्य गर्न अफर गरेको थियो । सोही अफर अभिनेत्रीहरुले अस्वीकार गरेका हुन् । आफुहरुको सम्मान नभएको सोचेर प्रस्ताव अस्वीकार गरेको तीन अभिनेत्री मध्यकी एक स्वस्तिमा खड्काले बताइन् । ‘सलमान खानको कोरस भएर नाच्नु पर्ने त्यो पनि हिन्दी गीतमा ।’ स्वस्तिमाले भनिन् ‘पारिश्रमिक पनि हामीलाई एकदमै हेपेर प्रस्ताव गरियो ।’ आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्टले नेपाली कलाकारलाई हेपेको भन्दै उनले आक्रोस समेत ब्यक्त गरिन् । बुझिए अनुसार आयोजक ओडीसीले अभिनेत्रीहरुलाई एक लाख पारिश्रमिकमा नृत्य, ड्रेस र रिहलसल्स समेत सकाउने प्रस्ताव गरेका थियो । यस बिषयमा आयोजक ओडीसी इन्टरटेन्मेन्टका सिमान्त गुरुङसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
६ बर्ष अगाडि

प्रतिक्रिया