प्रदेशहरूको खर्च ५४% मात्रै

४ बर्ष अगाडि

काठमाडौँ - प्रदेश सरकारहरूले दुई पटक बजेट ल्याइसके । पहिलो पटक बजेट निर्माण र कार्यान्वयन अभ्यास गरेका उनीहरूले गत वर्ष बजेट खासै खर्चिन सकेनन् । सातै प्रदेशको औसत बजेट खर्च करिब ५४ प्रतिशत मात्रै छ । 

प्रदेश ५ ले सबैभन्दा बढी अर्थात् विनियोजन गरेकोमध्ये ६१ प्रतिशत बजेट खर्च गरेको छ । कर्णाली प्रदेशले सबैभन्दा कम अर्थात् विनियोजित बजेटको करिब ३५ प्रतिशत मात्रै खर्च गरेको छ । खर्च भएमध्ये विकासतर्फको पुँजीगत खर्च झन् कम छ ।

विनियोजित पुँजीगत खर्चको करिब ६० प्रतिशत हाराहारीमै खर्च भएको छ । पुँजीगत खर्च सबैभन्दा कम गर्नेमा कर्णाली प्रदेश छ ।

कर्णालीले गत वर्ष २१ अर्ब २४ करोड ४३ लाख रुपैयाँ पुँजीगत खर्च छुट्याएको थियो । यसको करिब २५ प्रतिशत अर्थात् ५ अर्ब ३० करोड ९७ लाख रुपैयाँ मात्रै खर्च भयो । ‘पुँजीगत खर्च आशा गरेअनुरूप हुन नसकेकैहो,’ कर्णाली प्रदेशको आर्थिक मामिला तथायोजना मन्त्रालयका उपसचिव दिलीप केसीलेभने, ‘खर्च नहुनुको पहिलो कारण पुँजीगततर्फ बजेट नै बढी विनियोजन थियो । त्यसमाथि जनशक्ति एवं संरचना अभावले विकास योजना कार्यान्वयन हुन सकेनन् ।’ योजनाको तयारीपनि हुन नसकेकाले पनि बजेट कार्यान्वयनमा जटिलता देखिएको उनले बताए । कान्तिपुरमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया