प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा

४ बर्ष अगाडि

भक्तपुर – महानगरीय प्रहरी वृत्त जगातीबाट सुर्यविनायक नगरपालिका –५ घलाते चोकमा डियुटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ४४ प  २०१४ नम्बरको मोटरसाईकल चालक भक्तपुर सुर्यविनायक बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का मिन बहादुर तामाङलाई पक्राउ गरेको छ ।  प्रहरीले यही ६ गते १०:०० बजे चेकजाँच गर्दा तामाङले मादक पदार्थ सेवन गरेकाले कारबाही गर्न खोज्दा प्रहरीलाई नगद रू १ हजार दिई आर्थिक प्रलोभननमा पारी कारवाहीबाट बच्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया