कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही

४ बर्ष अगाडि

एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । 
समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । 

गत सोमबार सोलुखुम्बू, रौतहत र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति जारेको छ । 

चुनावमा बागी उम्मेदवार, उनीहरुको प्रस्तावक र समर्थकविरुद्ध कारवाही गर्न जोड गरिएको छ ।  अन्नपूर्ण पाेस्टमा खबर छ।

४ बर्ष अगाडि

प्रतिक्रिया