अख्तियारको नियन्त्रणमा दुई प्रहरी नायव निरीक्षक , अठार हजार घुस सहित रङ्गेहात फेला

४ बर्ष अगाडि

काठमाडौँ – सेवाग्राहीसँग घुस लिने क्रममा महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी नायव निरीक्षक रमेश बहादुर पाण्डे र राजु स्वर्णकारलाई  अख्तियारले रङ्गेहात नियन्त्रणमा लिएको छ ।

सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस वापतको अठार हजार रकम लिइसकेको अवस्थामा प्रहरीलाई अख्तियारले  नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका प्रहरीहरुको थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएकाछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया