जोर्नी दुख्ने समस्या छ ? त्यसो भने भोजनमा समावेश गर्नुहोस् यी खानेकुरा

४ बर्ष अगाडि

जोर्नी दुख्ने आर्थराइटिसको समस्या अधिकांशमा हुन्छ । पहिले यस्ता बिरामीहरु वृद्धावस्थामा मात्र देखिने गर्दथे । तर, आजभोलि यसबाट अधिकांशतः अछूतो छैनन् । अस्वस्थ खानपान र जीवनशैलीका कारण यस्तो समस्याबाट हरकोही गुज्रिरहेका छन् ।

यदि तपाई पनि यस्तो समस्यासँग जुझिरहनु भएको छ भने आज हामी तपाईलाई यसबाट मुक्ति दिलाउने केही खाद्य तत्वको बारेमा बताउँदैछौं, जसलाई खानामा संलग्न गर्दा तपाईले राहत पाउन सक्नुहुन्छ-

१. ब्रोकाउली
ब्रोकाउलीमा यस्ता धेरै पोषक तत्वहरु पाइन्छन् जसले जाडो महिनामा मानिसलाई स्वस्थ बनाउन सहयोग गर्छ । बेलायतको युनिभर्सिटी अफ ईस्ट एन्जेलियाका शोधकर्ताका अनुसार ब्रोकाउलीमा यस्तो तत्व पाइन्छ जसले गठियावादबाट बचाउन र यो रोगलाई बढ्नबाट रोक्न मद्दत गर्छ । यसमा रहेको क्याल्सियम, कार्बोहाईड्रेट, प्रोटिन, आइरन, भिटामिन ए र सी, क्रोमियम आदि शरीरलाई स्वास्थ राख्ने तत्वहरु पाइन्छन् ।

२. लसुन
आर्थराइटिस बिमारीले आफ्नो खानपिनमा दैनिकरुपमा लसुन प्रयोग गर्नु निकै लाभदायक मानिन्छ । यसमा पाइने एन्टीब्याक्टेरिया, एन्टी फंगल, एन्टी बायोटिक र एन्टी इन्फ्लेमेट्री गुणले जोर्नीको पीडाबाट छुटकारा दिन मद्दत गर्छ ।

३. बेथु
आर्थराइटिस रोगीका लागि बेथु सागको रस वरदान मानिन्छ । आफ्नो डाइटमा बेथु सागलाई राख्नुका साथै दैनिक यसको काँचो रस पिउनाले यसबाट राहत पाउन सकिन्छ । यसलाई कम्तिमा पनि तीन महिनासम्म लगातार पिउनुहोस् ।

४. बेसार
बेसारमा करक्यूमिन नामको तत्व पाइन्छ जसले बिमारी फैलाउने ब्याक्टेरियालाई सखाप पार्छ । यसकारण पनि शरीरका जोर्नी दुख्ने समस्या भएका बिमारीहरुले यसको सेवन गर्न राम्रो मानिन्छ । साथै यसले तपाईको पीडामा राहत दिन्छ ।

५. ओमेगा थ्री एसिड
आर्थराइटिसबाट छूटकारा पाउन ओमेगा थ्री फैटी एसिड डाइटमा राख्नु राम्रो मानिन्छ । यसका लागि तपाईले एल्गीको तेल, माछाको तेल, सैमन माछा आफ्नो डाइटमा राख्नुपर्छ ।

यसमा हुनुहोस् सावधान
-हिडडुल गर्न नछोड्नुहोस् ।
– व्यायाम गर्नहोस् ।
– बोसोयुक्त भोजनको सेवन गर्नुहोस् ।
– फास्टफूड र डिब्बामा रहेको खाना नखानुहोस् ।

४ बर्ष अगाडि

प्रतिक्रिया