महाधिवेशन निष्कर्ष संरचनामा अलमल

४ बर्ष अगाडि

काठमाडौं।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनमा जाने विषयलाई प्रस्ट रूपमा एजेन्डामै राखे पनि कसरी जाने भन्नेमा नेतापिच्छे नै प्रस्ताव आइरहेको छ । कांग्रेसको संस्थापन पक्ष र इतर पक्षमा रहेका नेता महाधिवेशनका विषयमा सहमत भए पनि महाधिवेशनमा जानका लागि आवश्यक पर्ने सबै संरचनाको भर्पाई कसरी गर्ने भन्नेमा भने विभाजित हुँदै आएका छन् ।
संस्थापन पक्ष सहमतिमै सबै तहको संरचना बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इतर पक्ष विधि र प्रक्रियाबाटै महाधिवेशनमा जानुपर्ने पक्षमा रहँदै आएको छ । तर, इतर पक्षका केही नेता भने पुरानै व्यवस्थाअनुसार पनि महाधिवेशनमा जान सकिने बताउँदै आएका छन् । राजधानी दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया