१७ महिनापछि मन्त्रीहरू फेरिँदै,गृह, रक्षा, ऊर्जा, परराष्ट्र र सञ्चारबाहेक सबै नयाँ

४ बर्ष अगाडि

काठमाडौं । सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको हो ।

सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टीभित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उहाँले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।


सरकार सञ्चालनलाई प्रभावकारी बनाउन पार्टीका शीर्ष नेताको सुझावलाई आत्मसाथ गर्दै प्रधानमन्त्री ओलीले पार्टीको विभाग र आयोगका प्रमुखहरुको जिम्मेवारीको टुंगो लागेलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्नुभएको उहाँको सचिवालयका एक सदस्यले बताए ।

उनका अनुसार चारवटा मन्त्रीबाहेक अरु मन्त्रीलाई विदाई गरेर नयाँ मन्त्रीलाई ल्याउने प्रधानमन्त्रीको तयारी छ । गृह, रक्षा, उर्जा, परराष्ट्र र सञ्चारबाहेक अन्य मन्त्री हटाउने गृहकार्यमा प्रधानमन्त्री लाग्नुभएको स्रोतको दावी छ । नेपाल समाचारपत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया