मोटरसाइकल चोरले फेरे शैली : काठमाडौंमा चोरी, चितवनमा किनबेच !

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं जोरपाटीबाट धु्रवकुमार लामिछानेको मोटरसाइकल चोरी भयो। सडकमा पार्किङ गरेको नयाँ पल्सर मोटरसाइकल चोरी भएपछि उनी चिन्तित नहुने कुरै भएन।

उनले तत्कालै १०० मा फोन गरेर चोरीको जानकारी गराए। उनी बौद्ध प्रहरीमा पुगे। बौद्ध प्रहरीले मोटरसाइकल खोजीका लागि महानगरीय ट्राफिक महाशाखामा जान सुझायो। 

उनले मोटरसाइकलको इन्जिन र च्यासिस नम्बरसहित महाशाखामा उजुरी दिए। गत असार १० गते चोरिएको उनको मोटरसाइकल चितवनमा भेटियो। महाशाखाको सइ रमेश बजगाइँको टोलीले चितवन पुगेर अपरेसन गर्दा त्यहाँ मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको पायो।

गिरोहका सदस्यमध्ये एक थिए, मिलन भन्ने धनबहादुर योञ्जन। उनी यसअघि पनि काठमाडौंमा मोटरसाइकल चोरीकै आरोपमा पक्राउ परी धरौटी तिरेर छुटेका पटकेचोर हुन्। 

उनीसँगै मोरङ रंगेलीका सुरज भुषाल र सिन्धुपाल्चोक लिसंखुका सोनाम लामासमेत पक्राउ परे। दुवै पटकेचोर रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार काठमाडौंबाट चोरी भएका ९० प्रतिशत मोटरसाइकल चितवन पुग्छन्। त्यहीं तिनको खरिदबिक्री हुन्छ। चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ। महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र झिकेर बेच्न थालेका छन्। अन्नपूर्ण पाेस्टमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया