सडक बालबालिका टोली फुटबल खेल्न मलेसिया

४ बर्ष अगाडि

काठमाडौँ – मलेसियामा आयोजना हुने ‘युथ फुटबल एण्ड लिडरसिप क्याम्प’मा सहभागी हुन २० सदस्यिय नेपाली टोली क्वालालम्पुर प्रस्थान गरेको छ ।

एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना भएको दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टिमका खेलाडीलाई मलेसिया लगिएको हो । मलेसिया जाने टिममा छात्र र छात्रा तर्फ ९–९ खेलाडी भने टोलीको नेतृत्व तथा ब्यवस्थापन शेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्वु ओली र प्रियंका बस्नेतले गरेका छन् ।

भोलिदेखि पाँच दिनसम्म चल्ने क्याम्पमा फुटबलको आधारभुत कुराहरु सिकाइनेछ । त्यससँगै समस्या समाधान, रणनीतिक विचार, मानसिक विकास, ब्यक्तित्व विकास लगायतका कार्यशालाहरुमा पनि सहभागि गराइनेछ । टिमले मलेसियाको यू–१७ टिमसँग मैत्रिपूर्ण फुटबल पनि खेल्नेछ ।

शेल्टर आश्रय अनाथ तथा आश्रय विहिन बालबालिकाको पढाई, बसोबासको क्षेत्रमा काम गर्दै आएको छ । बालबालिकालाई सहभागि गराएर शेल्टरले दुई पटक राष्ट्रिय फुटबल लिग सफलतापूर्वक आयोजना गरिसकेको छ । अघिल्लो संस्करणका उत्कृष्ट खेलाडीहरुले रसियाको मस्कोमा आयोजना भएको स्ट्रिट चाइल्ड वल्र्डकपमा सहभागिता जनाउने मौका पाएका थिए । यो संस्करणमा उत्कृष्ट हुने टिमले मलेसियामा जाने अवसर पाएको हो ।

मलेसिया जाने पुरुष टोलीमा सन्तोष राई, करण सुनुवार, मुकेश सुनुवार, निरज योगी, सञ्जु बादी, राजु बडु, सबिन गुरुङ, सुबिन गुरुङ, सुनिल बादी तथा जीवित कुस्मा थारु छन् । त्यस्तै महिला टोलीमा अलिनबादी, सीता चेपाङ, कमला नेपाली, अलिशा कुमाल, सपना पौडेल, सबिना पौडेल, उमा राना मगर, सिर्जना रिजाल र उमा पर्जा छन्। टोलीको प्रतिनिधित्त्व आश्रय नेपालकी अध्यक्ष खुश्बु ओली र प्रियङ्का बस्नेतले गर्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया