सञ्जयको ‘केजीएफ च्याप्टर २’ मा डरलाग्दो लुक्स

४ बर्ष अगाडि

 ‘केजीएफ च्याप्टर २’ मा बलिउड सुपरस्टार सञ्जय दत्तको प्रवेश भएको छ । फिल्म समीक्षक तरण आदर्शले एक ट्वीट गर्दै यसको जानकारी दिएका छन् । फिल्ममा सञ्जयले ‘अधीरा’ नामक चरित्र निभाउने छन्, जुन यो फिल्मको प्रमुख भिलेन हो । आइतबार उनले मुठी बाँधेको र औंठी लगाएको एक पोस्टर सार्वजनिक भएको थियो । सोमबार उनको क्यारेक्टर पोस्टर निर्माण टिमले सार्वजनिक गरेको छ । 
 
पोस्टरमा सञ्जयको लुक्स निकै डरलाग्दो छ । गलबन्दीले आधा अनुहार छोपेका छन् । भने, उनको आँखामा रिस देख्न सकिन्छ । फिल्ममा उनी खतरनाक भिलेनको भूमिकामा प्रस्तुत हुने लागेको पोस्टरले नै प्रस्ट्याउँछ । यो पीरियड ड्रामा ७० को दशकको कार्यकालमा आधारित छ । ‘केजीएफ २’ मा यशको अपोजिटमा अभिनेत्री श्रीनिधी शेट्टी देखिनेछिन् । अघिल्लो पार्टमा पनि उनको प्रमुख भूमिका थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया