विश्वविद्यालयका पदाधिकारीको पदावधि सकिँदै, सुरु भएन छनोट प्रक्रिया

४ बर्ष अगाडि

काठमाडौँ। विश्वविद्यालयका पदाधिकारीहरूको पदावधि सकिन एक महिना बाँकी हुँदा पनि छनोट प्रक्रिया अझै थालिएको छैन । 
आजको गोरखापत्र दैनिक लेख्छ–विश्वका विश्वविद्यालयहरूमा यस्तो प्रक्रिया पदाधिकारीको पदावधि सकिनु एक वर्षअघि नै सुरु गर्ने परम्परा छ । हतारमा ‘सर्च कमिटी’ गठन गर्ने नेपाली परम्पराले राम्राभन्दा हाम्रा व्यक्ति नियुक्त हुने प्रवृत्ति विगतमा झाँगिँदै गएको छ । 
न्युजिल्यान्डको क्यान्टरबरी विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरेका नेपाल खुला विश्वविद्यालयका अध्यापक डा कर्ण लामाले आफूले अध्ययन गरेको विश्वविद्यालयमा एक वर्षअघि नै विज्ञापन आह्वान गर्ने गरेको अनुभव सुनाए । 
त्यस्तो आवेदनमा विदेशीले समेत आवेदन दिन पाउने व्यवस्था छ । उनले थपे, “खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त हुनुपर्छ । बोर्ड अफ ट्रस्टीले पदाधिकारी नियुक्त गर्ने विधि नअपनाउन्जेल हाम्रा विश्वविद्यालय सुध्रिन सक्ने देखिँदैन । ” 
विश्वका प्रायः सबै विश्वविद्यालयले बोर्ड अफ ट्रस्टीमार्फत पदाधिकारी छनोट र नियुक्त गर्ने परम्परा छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया