आर्थिक अभियान भन्दै  विप्लवको चन्दा आतंक

४ बर्ष अगाडि

काठमाडौँ – नेत्रविक्रम चन्द समूहले ‘विशेष आर्थिक अभियान’ का नाममा मुलुकभर चन्दा संकलन तीव्र पारेको छ । उद्योगपति, निर्माण व्यवसायी, शैक्षिक संस्था, व्यापारी, कर्मचारी, शिक्षक र स्थानीय तहका जनप्रतिनिधिलाई पत्र पठाएरै चन्द समूहले चन्दा मागेको हो । 

चन्दा मागिएको पत्र आए पनि कसैले खुलेर विरोध गरेका छैनन् । ‘विरोध गर्दा उल्टै धम्की आउला भन्ने डर छ,’ एक कर्मचारी भने, ‘सकेको सहयोग गर्ने, नसके मेरो हैसियत छैन भन्ने हो ।’ सरकारका सचिव, विभागीय प्रमुखलगायतलाई पत्रमा ‘सरकारविरुद्ध व्यापक जनसंघर्ष, पार्टी र सेना सञ्चालनका लागि आर्थिक सहयोग र सहकार्य गर्न’ भनिएको छ ।

यसअघि चन्दा आतंक मच्चाएको आरोप लगाउँदै सत्तापक्षले पार्टीमाथि हठात प्रतिबन्ध लगाएको पत्रमा उल्लेख छ । सम्पूर्ण विकल्प खुला हुँदाहुँदै गरिएको प्रतिबन्धलाई सत्तापक्षको द्वन्द्व भडकाउने षड्यन्त्र भनी पत्रमा टिप्पणी गरिएको छ । कान्तिपुर दैनिका खबर छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया