भारतीय क्रिकेटर पृथ्वी किन भए निलम्बित ?

४ बर्ष अगाडि

भारत – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले क्रिकेटर पृथ्वी शॉ लाई ८ महिनाको प्रतिबन्ध लगाएको छ । 

कफ सिरपमा पाइनले एक प्रतिबन्धित पदार्थ पृथ्वीले  सेवन गरेको भन्दै बिसिसिआईले उनलाई निलम्बित  गरेको हो ।

उनी सँगै अरु दुई खेलाडीपनि बिसिसिआईले निलम्बित गरेको छ । सैयद मुश्ताक अली ट्रफीको एक खेलमा एन्टी डोपिङ्ग जाँचका लागि उनको पिसाबको नमूना परीक्षणको क्रममा टर्बुटालाइन पाइएको थियो ।

उनले खोकी निको पार्नका लागि कफ सिरपका रुपमा सो पदार्थ सेवन गरेको भन्दै आरोप स्वीकार गरेका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया