सुनको मूल्यमा किन भइरहेको छ उतारचढाव

४ बर्ष अगाडि

काठमाडौं – सुनको मूल्यमा उल्लेखनीय परिवर्तन देखिएको छैन । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यमा ठूलो परिवर्तन हुन छाडेपछि नेपाली बजारमा पनि सुनको मूल्यमा खासै परिवर्तन नभएको पाइएको छ ।बुधवार सुनको मूल्य प्रतितोला रु दुई सय बढेर रु ६५ हजार चार सय पुगेको छ। अघिल्लो दिन मंगलबार सूनको मूल्य रु ६५ हजार दुई सय कायम भएको थियो।

यस अघि पनि नेपाली बजारमा १२ दिनसम्म एउटै मूल्यमा सुन किनबेच भएको थियो। गत असार तीन गते रु ६५ हजार पाँच सय कायम रहेको सुनको मूल्य असार १२ मा आएर परिवर्तन भएको थियो । १२ दिन पछि सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँ घटेर रु ६५ हजार दुई सयमा झरेको थियो। बुधवार फेरि सुनको मूल्यमा रु दुईसय बढेको हो।

बुधबार चाँदीको मूल्य रु पाँच बढेको छ। एक सातापछि चाँदीको मूल्य प्रतितोला रु पाँच बढेको हो। प्रतितोला पाँच रुपैयाँ बढेको चाँदीको मूल्य बुधवार रु ७८० कायम भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया