इदीमार्दीले १० करोड बराबरको साधारण शेयर बिक्री गर्ने

४ बर्ष अगाडि

काठमाडौं – युनाइटेड इदीमार्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई गरी रु १० करोड ५० लाख बराबरको १० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि युनाइटेड इदीमार्दीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले ७ मेगावाटको अपरमार्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  नियमन आयोगबाट स्वीकृति पाएर आईपीओ निष्कासनका लागि आवेदन दिने युनाइटेड पहिलो जलविद्युत आयोजना भएको छ ।

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया