उद्योग वाणिज्य महासंघको बैठकमै झगडा , चण्डीराज ढकालले दिए राजीनामा

४ बर्ष अगाडि

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका विधान समिति संयोजक चण्डीराज ढकालले पदबाट राजीनामा दिएका छन् । महासंघको विधान संसोधन गर्ने विषयमा निवर्तमान अध्यक्ष पशुपति मुरारकासँग बैठकमै झगडा भएपछि उनले विधान समिति संयोजकबाट राजीनामा दिएका हुन् । 

ढकालले विधान संसोधन गरी निर्वाचनबाट अध्यक्ष चुन्ने र कार्यसमितिको पदावधि दुई वर्ष बनाउने सुझाव दिएअनुसार बैठकमा उक्त प्रस्ताव पेश भएको थियो । विधान संसोधनका लागि चलिरहेको कार्यकारीणी समितिको बैठकले विशेष साधारणसभाको मिति तोक्ने ढकाल पक्षधरहरुको तयारी थियो । तर उनको प्रस्तावमा मुरारकाले विधानको दफा पढाउँदै प्रतिवाद गरेपछि बैठकमै झगडा भएको थियो। 

विधान संसोधनको पक्षमा ढकालसहित अध्यक्ष राणा, उपाध्यक्षहरु किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठ लगायतको पनि सहमति थियो । तर मुरारका सहित  वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायत छन् । 
झगडा शुरु भएपछि अध्यक्ष भवानी राणाले विधी र प्रकृया अनुसार विधान संशोधन हुने अडान राखेकी थिइन् ।

त्यसपछि ढकालले बैठक चलिरहेकै बेला अध्यक्ष राणालाई राजीनामा पत्र बुझाएका थिए। अहिले महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ भने पदावधि ३ वर्षको छ । यो प्रावधान ४ वर्षअघिको हो । यही प्रावधान अनुसार राणाले अध्यक्ष बनेकी थिईन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया