प्रतिनिधि सभाको बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ ।
लगातार बैठक अबरुद्ध गर्दै आएको नेपाली नेपाली काँग्रेस र राष्ट्रिय जनतापार्टीसँग सहमति हुन नसकेपछि बैठक २० गते ११ बजेबस्नेगरी स्थगीत भएको संसद सचिवालयले जनाएको छ ।
सभामुख कृष्ण बहादुर महराले काँग्रेस र राजपासँग छलफल जारी रहेकोले बैठक बस्न नसक्ने हुँदा स्थगित गरेको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपा नेपालले गत असार २४ बाट लगातार संसद् अवरुद्ध गर्दै आएका छन्।
संसदीय सर्वोच्चता कामय गरिनुपर्ने, प्रहरीले दोहोरो भिडन्तमा मारिएको दाबी गरेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता कुमार पौडेललगायतको गैरन्यायिक हत्याको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने, बलात्कारपछि मारिएकी निर्मला पन्तका अपराधी पत्ता लगाउनुपर्ने उनीहरुको माग छ ।
प्रतिपक्षी दलहरुसँग सहमतिका लागि सभामुख कृष्ण बहादुर महराको पहलमा सर्बदलिय बैठक बसिरहेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।