नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई मन्त्री बनेर भुंग्रोमा परेको बताएकी छन् ।
सरकार अलोकप्रियताको भुंग्रोमा रहेको र त्यही भुंग्रोमा भट्टराई परेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै झाँक्रीले सरकार आफ्नै कारणले गर्दा अप्ठ्यारोमा परेकोले योगेश भट्टराईलाई मन्त्री बनाइएको पनि बताएकी छन् ।
“आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो, जसको कारण योगेश दाईलाई मन्त्री बनाईयो”, झाँक्रीले लेखेकी छन् “सरकार अलोकप्रियताको भूंग्रोमा छ।दाई त्यही भूंग्रोमा पर्नु भयो ऐले ।”
उनले मन्त्री भट्टराईलाई भुंग्रोबाट निस्कन शुभकामना दिएकी छन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।