भारतीय गाडी नियन्त्रण गर्न प्रहरी अभियान

४ बर्ष अगाडि

वीरगन्ज - पिबि२२एन १५२७ नम्बरको टाटा जिस्ट कार जाँचका क्रममा पर्सा प्रहरीले नियन्त्रणमा लियो।  अनुसन्धानपछि उक्त नम्बरमा भारतमा स्कुटर दर्ता रहेको फेला प-यो।  अर्को डब्लुबिडी ९६६८ नम्बरको जिप पनि प्रहरीले फेला पारेको छ।  सो गाडी चोरी भयो भनेर भारतमा गाडीधनीले बिमा कम्पनीबाट क्षतिपूर्तिसमेत असुलिसकेको रहस्य खुलेको छ।

निर्वाचित जनप्रतिनिधिदेखि तस्कर, अपराधी, उद्योगी–व्यापारीसम्मले प्रयोग गर्न थालेपछि सीमावर्ती क्षेत्रमा भारतीय नम्बरका गाडीको बिगबिगी बढेको छ।  यसरी सीमावर्ती क्षेत्रमा भारतीय नम्बरका गाडीको बिगबिगी गर्न पर्सा प्रहरीले विशेष अभियान नै सञ्चालन गरिरहेको छ।  सोही क्रममा यी भारतीय गाडी समातिएका हुन्। नागरिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया