सरकारी स्वामित्वको नेपाल बैंकले कमायो एक वर्षमा २ अर्ब ६१ करोड नाफा

४ बर्ष अगाडि

काठमाडौं – नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले खुम्चिएको छ । बैंकले गत आर्थिक वर्षमा रु  दुई अर्ब ६१ करोड नाफा गरेको छ ।

अघिल्लो वर्ष बैंकको नाफा रु तीन अर्ब २१ करोड रुपैयाँ थियो। खुद व्याज आम्दानी ३.१ प्रतिशतले घट्दा बैंकको नाफामा प्रभाव पारेको हो ।

अघिल्लो वर्ष बैंकले खुद व्याज आम्दानी रु ६ अर्ब ३८ करोड आर्जन गरेकोमा गत वर्ष रु ६ अर्ब १७ करोड  झरेको छ। बैंकले रु एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि रु ९२ अर्ब ४१ करोडऋण लगानी गरेको छ । अघिल्लो बर्ष बैंकले रु ९९ अर्ब ५४ करोड  निक्षेप संकलन गरि रु ७५ अर्ब ५५ करोड ऋण लगानी गरेको थियो ।

बैंकको चुक्त पूँजी रु ९ अर्ब ८१ करोड  छ भने शेयर प्रिमियममा रु तीन अर्ब २६ करोड र जगेडामा रु १३ अर्ब ३४ करोड छ । खराव कर्जा ३.३७ प्रतिशतबाट २.५८ प्रतिशतमा झारेको छ। स्प्रेडदर ४.९९ प्रतिशतबाट ४.४५ प्रतिशतमा झारेको छ। बैंकको प्रतिशेयर आम्दानी रु २७ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया