सुनको मुल्य अहिले सम्मकै महँगो , तोलाको ६५ हजार ८ सय रुपैयाँ

४ बर्ष अगाडि

काठमाण्डौ – आज सुनको भाउ तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यो मुल्य अहिले सम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको हो ।

चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया