विष्णु तिमिल्सिना
बर्दिया – घरेलु तथा साना उद्योग कार्यालय बर्दियाले गत आर्थिक वर्ष ०७५÷०७६ मा राजश्व रकममा अघिल्लो वर्षको भन्दा ३९.४४ प्रतिशत बृद्धि गरेको छ । आर्थिक वर्ष ०७४÷०७५ मा कुल राजश्व आम्दानी १ करोड ५ लाख ९४ हजार ६ सय १० रुपैयाँ भएकोमा आर्थिक वर्ष ०७५÷०७६ मा वाणिज्य प्रशासन तर्फ ८८ लाख ७६ हजार २५ रुपैयाँ, उद्योग प्रशासन तर्फ ५७ लाख ९४ हजार ३ सय ७० रुपैयाँ र तालिम बाट उत्पादित सामान विक्रिबाट १ लाख २ हजार ७ सय ९० रुपैयाँ गरी १ करोड ४७ लाख ७३ हजार १ सय ८५ रुपैयाँ संकलन भएको छ ।
बर्दिया जिल्लामा हाल सम्म उद्योग तर्फ ४ हजार ६६ वटा र बाणिज्य तर्फ ८ हजार ३ सय ४६ गरी जम्मा १२ हजार ४ सय १२ वटा फर्महरु दर्ता भई संचालनमा रहेका छन् । संचालित उद्योगहरुमा उत्पादन मुलकमा १४ करोड ३७ लाख ९० हजार, कृर्षि तथा वनजन्यमा ३७ लाख सात हजार ८० रुपैयाँ, सेवामा १७ करोड ६२ लाख ५४ हजार गरी जम्मा ६८ करोड ६३ लाख रुपैयाँ पुँजी लगानी गरिएको कुरा सो कार्यालयका मोहन घर्तिमगरले जानकारी गराउनु भयो । साथै उद्यमीहरु १ हजार १ सय ११ जना र रोजगारी गर्ने कामदारहरु को संख्या २ हजार ४ सय ११ जना रहेको छ ।
राजश्व बृद्धि राम्रो देखिएपनि सो कार्यालयको खर्चको प्रगती भने कम देखिएको छ । गत वर्ष पुँजीगत तर्फ जम्मा ३२.७४ प्रतिशत र चालु तर्फ ८९.८२ प्रतिशत प्रगती भएको छ भने प्रदेश तर्फको कार्यक्रममा चालु तर्फ ३०.४१ प्रतिशत र पुँजीगत तर्फ ० प्रतिशत प्रगती भएको छ । गत वर्ष बजार अनुगमन नगरिएको र आर्थिक कोरिडोर राजापुरको कुनै कार्य नभएकाले सो शिर्षक अन्र्तगतको सबै रकम फ्रिज भएको छ ।
गत आर्थिक वर्षमा विभिन्न ७ वटा पालिकामा सिलाई कटाई, व्यूटीपार्लर, बुटिक हाते कडाई, मोटर साईकल मर्मत, बाख्रा तथा कुखुरा पालन, खाजा नास्ता, हाउस वाईरिङ, च्याउ खेती, दालमोट बनाउने, कृष्टल गरगहना, बाँसको मुडा ¥याक बनाउने र डलकुसन आदि विषयका तालिम संचालन गरिएका थिए । जसमा पालिकाको माग अनुसार कार्यक्रममा ३ सय ८६ जना र गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत सेवा प्रदायक संस्थाद्धारा संचालित कार्यक्रम बाट १ सय ८१ जना प्रशिक्षित भएका छन् । तर गेरुवा गाउँपालिकामा गत आर्थिक वर्षमा कुनै तालिम संचालन नभएकाले सो कार्यालय बाट लाभ प्राप्त गर्न गेरुवावासी बन्चित रहे ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।