बर्दियामा ७१ हजार भन्दा बढि जनसंख्या स्वास्थ्य बिमामा आबद्ध

४ बर्ष अगाडि

विष्णु तिमिल्सिना

बर्दिया – नेपाल सरकारद्धारा संचालन गरिएको स्वास्थ्य विमा कार्यक्रममा १४ हजार १ सय १० परिवारका जम्मा ७१ हजार ५ सय ३ जना व्यक्ति विमित भएका छन् । विमित जनसंख्या मध्ये ३८ हजार ९ सय ७८ जना महिला र ३२ हजार ५ सय २५ जना पुरुष रहेका छन् ।

बर्दिया जिल्लामा आर्थिक वर्ष ०७४÷०७५ को असोज महिनादेखि विमा कार्यक्रम संचालन र मंसिर ०१ गते देखि विमितहरुका लागि सेवा सुरु भएको थियो । आ.व. २०७४÷०७५ सालमा ९२ लाख ८४ हजार ५ सय ५५ रुपैयाँ र आ.व. ०७५÷०७६ सालमा १ करोड ६३ लाख ४७ हजार ९ सय ४० रुपैयाँ गरी हाल सम्म २ करोड ५६ लाख ३२ हजार ४ सय ९५ रुपैयाँ विमा वापत संकलन गरिएको कुरा विमा दर्ता अधिकारी रुपेश आचार्यले जानकारी गराउनु भयो ।

विमित परिवार मध्ये ८ हजार ८ सय १० परिवार अति विपन्न परिवारको रुपमा नेपाल सरकार बाट निशुल्क विमा गरिएको थियो भने जम्मा ५ हजार ३ सय जनाले मात्र प्रति परिवार २ हजार ५ सयका दरले स–शुल्क विमा गरेका छन् । यस आर्थिक वर्षको भाद्र ०१ गते देखि लागु हुने गरी ७० वर्ष उमेर पुगेका बृद्धबृद्धा, एच.आई.भि एड्स संक्रमित, कुष्ठरोगी, रातो कार्ड प्राप्त गरेका असहाय अपाङ्ग र जटिल खालको क्षयरोगीका परिवारलाई नेपाल सरकारले निशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा २०७६ बैशाख ०१ गते घोषणा गरिए अनुरुप संबन्धित व्यक्ति तथा परिवारको लागि फाराम भरि नामावली संकलन तथा दर्ता भईरहेको छ । उक्त कार्यक्रमबाट लाभान्वित हुनेको संख्या भाद्र महिनाको पहिलो हप्तामा पुष्टि हुने कुरा दर्ता अधिकारी आचार्यले बताउनु भयो ।

बर्दिया जिल्लामा स्वास्थ्य विमा कार्यक्रम संचालन भएको २ वर्षको अवधिमा जनसंख्याको आधारमा स–शुल्क विमा गरिने को संख्या न्युन रहेको छ । सबै जनतालाई स्वास्थ्य विमा कार्यक्रममा आवद्ध गराउन नेपाल सरकारले स्वास्थ्य सेवालाई विश्वसनीय र प्रभावकारी गराउन आवश्यक रहेको देखिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया