बर्दियामा संघीय बजेट पुँजीगत तर्फ ८० र प्रदेश तर्फ ७१ प्रतिशत रकम खर्च

४ बर्ष अगाडि

विष्णु तिमिल्सिना

बर्दिया – गत आर्थिक वर्ष ०७५÷०७६ मा बर्दिया जिल्लामा विभिन्न सरकारी कार्यालयहरु बाट पुँजीगत तर्फ संघीय बजेट ८०.६० प्रतिशत र चालु तर्फ ९५.८४ प्रतिशत रकम खर्च भएको छ भने प्रदेश तर्फको बजेटमा पुँजीगत खर्च तर्फ ७१.११४ र चालु तर्फ ८३.९११ प्रतिशत खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बर्दियाका अनुसार गत वर्ष संघीय बजेट तर्फ पुँजीगत खर्च कुल २ अरब ६२ करोड ७५ लाख ८० हजार रुपैयाँ बजेट रहेकोमा जम्मा २ अरब ११ करोड ७९ लाख ११ हजार ६ सय ६६ रुपैयाँ मात्र खर्च भई ५० करोड ९६ लाख ६८ हजार ३ सय ३३ रुपैयाँ फ्रिज भएको छ । त्यसै गरी चालु तर्फ जम्मा ५ अरव ८० करोड ३४ लाख २८ हजार २ सय २८ रुपैयाँ कुल बजेट रहेकोमा असार मसान्त सम्म जम्मा ५ अरब ५६ करोड २४ लाख ४६ हजार ६ सय ४८ रुपैयाँ निकासा तथा खर्च भई २४ करोड ९ लाख ८१ हजार ७ सय ४५ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको छ । त्यसै गरी प्रदेश तर्फको पुँजीगत खर्चका लागि कुल १५ करोड ६४ लाख ७१ हजार रुपैयाँ बजेट रहेकोमा जम्मा ११ करोड १२ लाख ७३ हजार २ सय २४ रुपैयाँ खर्च भई जम्मा ४ करोड ५१ लाख ९७ हजार ७ सय ७५ रुपैयाँ फ्रिज भएको छ ।

साथै गत वर्ष बर्दिया जिल्लामा कुल राजश्व आम्दानी संघीय तर्फ बाट ३० करोड ६९ लाख ४८ हजार ४ सय ८१ रुपैयाँ संकलन भएको छ भने प्रदेश तर्फ बाट कुल २ करोड ५० लाख ३५ हजार ९ सय ४८ रुपैयाँ मात्र संकलन भएको छ । त्यसै गरी जम्मा धरौटी आम्दानी संघीय तर्फ ३ करोड १ लाख ८४ हजार ४ सय ५६ रुपैयाँ आम्दानी भएको छ भने धरौटी फिर्ता खर्च १ करोड ६७ लाख ७४ हजार ४ सय ६३ रुपैयाँ भएको छ । त्यसै गरी प्रदेश तर्फ धरौटी आम्दानी ४ करोड ३५ लाख ९० हजार ५ सय ६९ रुपैयाँ रहेको छ भने धरौटी फिर्ता खर्च १३ लाख १७ हजार ६ सय ४१ रुपैयाँ भएको छ ।

गत वर्ष काम सम्पन्न नगरी विनियोजित रकम मध्ये सबै भन्दा बढी रकम फ्रिज गर्नेमा बबई सिचाई आयोजना रहेको छ । उक्त आयोजनाको बार्षिक बजेट १ अरव २ करोड ९० लाख रुपैयाँ रहेकोमा जम्मा ७३ करोड ६८ लाख ६३ हजार ८ सय ९१ रुपैयाँ मात्र खर्च भई २९ करोड २१ लाख ३६ हजार १ सय ९ फ्रिज भएको छ । यसै गरी बबई भादा औराही नदी व्यवस्थापन आयोजना को कुल वार्षिक बजेट १ अरव १ करोड ६३ लाख रुपैयाँ रहेकोमा जम्मा खर्च ९२ करोड ४६ लाख १३ हजार ८६ रुपैयाँ खर्च भई ९ करोड १६ लाख ८६ हजार ९ सय १४ रुपैयाँ फ्रिज भएको छ । जिल्लामा धेरै रकम फ्रिज गर्ने तेस्रो कार्यालयमा कर्णाली नदी व्यवस्थापन कार्यालय रहेको छ । उक्त कार्यालयको वार्षिक बजेट ३१ करोड रहेकोमा जम्मा २५ करोड ९५ लाख ९३ हजार ७ सय ५८ रुपैयाँ खर्च भई ५ करोड ४ लाख ६ हजार २ सय ४२ रुपैयाँ फ्रिज भएको छ ।

त्यसैगरी प्रदेश तर्फ ९ वटा कार्यालयको कुल बजेट चालु तर्फ खुद बजेट १३ करोड ९ लाख १६ हजार ५ सय रहेको थियो भने असार सम्मको १० करोड ९८ लाख ५४ हजार १ सय २४ रुपैयाँ खर्च भएको छ । त्यसै गरी पुँजीगत तर्फ खुद बजेट १५ करोड ६४ लाख ७१ हजार रुपैयाँ रहेको थियो भने असार सम्मको खर्च जम्मा ११ करोड १२ लाख ७३ हजार २ सय २४ रुपैयाँ भएको छ । प्रदेश तर्फ कुल ६ करोड ६२ लाख ६० हजार १ सय ६० रुपैयाँ फ्रिज भएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया