किन लगातार बढीरहेको छ सुनको भाऊ

४ बर्ष अगाडि

काठमाडौं – सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । यसैक्रममा, नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला रु ६५ हजार ८ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य पनि हो । बिहीबार सुन प्रतितोला ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

विदेशी बजारमा भाउ चुलिएसँगै नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो । नेपालमा सुनको भाउ अन्तर्रा्ष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् । विश्व बजारमा सुन प्रति आउन्स १ हजार ४४९ डलरसम्म पुगेको छ ।

विश्लेषकका अनुसार अमेरिका र चीनको व्यापारिक युद्धका कारण पनि सुन सञ्चय गर्ने क्रम बढेको हो । अमेरिका र इरानबीच बढ्दो तनावले पनि सुनमा आकर्षण बढेको विश्लेषण भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया