मोबाइलबाटै बैंकको सेवा लिने आधा करोड पुगे

४ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय मोबाइल बैकिङ सेवाका प्रयोगकर्ता बढ्दै गएका छन् । वित्तीय साक्षरता तथा सूचना प्रविधिको विस्तारका कारण मोबाइल बैकिङ सेवाका प्रयोगकर्ता बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म मोबाइल बैकिङ सेवाका प्रयोगकर्ता ५० लाख ८६ हजार ६९ पुगेका छन् । ०७४ असार मसान्तमा यो संख्या  २६ लाख ६९ हजार ७ सय ३२ थियो ।

मोबाइल बैकिङ भन्नाले मोबाइलबाटै आर्थिक कारोबार गर्न सकिने व्यवस्था हो । यो विद्युतीय वालेट सेवा हो । मोबाइल पेमेन्ट सिस्टमअन्तर्गत मोबाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा पछिल्लो, विकसित र सरल प्रविधि हो । 

यो सेवामा प्रयोगकर्ताले आफ्नै मोबाइल प्रयोग गरी बैंक खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन तथा अरूबाट पैसा प्राप्त गर्ने काम गर्न सक्छन् । त्यस्तै, रेमिट्यान्स, स्कूलको फी, टेलिकमको शुल्क, मोबाइल रिचार्ज, डिसहोम तथा सिम टीभी, बिजुलीको बिललगायतका बिल भुक्तानी गर्न सकिछ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया