सिद्धार्थ बैंकको नाफा २ अर्ब ३० करोड

४ बर्ष अगाडि


काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले गत आव २०७५÷७६ को चौथो त्रैमाससम्ममा आईपुग्दा खुद मुनाफा रु २ अर्ब ३० करोड ८८ लाख आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा नाफा २१ दशमलव २५ प्रतिशतले बढी  हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा रु १ अर्ब ९० करोड ४० लाख कमाएको थियो ।

रु ८ अर्ब ८८ करोड ७६ लाख चुक्ता पुँजी भएको सिद्धार्थ बैंकको प्रिमियम रु १२ करोड २० लाख रिटर्न अडिङ्ग रु १ अर्ब ६६ करोड ३६ लाख र जगेडामा रु ४ अर्ब ४१ करोड ४८ लाख छुटाएको छ ।

बैंकले निक्षेपमा रु १ खर्ब १४ अर्ब ९० करोड ४८ लाख संकलन गरी कर्जामा रु १ खर्ब ४ अर्ब ७६ करोड ८९ लाख लगानी गरेको छ । निक्षेपमा २१ दशमलव २७ प्रतिशतले र कर्जामा २५ दशमलव ३० प्रतिशतले वृद्धि गरेको छ । बैंकको खुद व्याज आम्दानी ३६ प्रतिशतले बढेर रु ४ अर्ब ६७ करोड ३९ लाख पुगेको छ भने संचालन मुनाफा २१ दशमलव ४७ प्रतिशतले बढेर रु ३ अर्ब ३१ करोड ५० लाख पुगेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७५ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ५६ प्रतिशत, कोषको लागत ७ दशमलव ५४ प्रतिशत, सिसिडि रेसियो ७६ दशमलव ८५ प्रतिशत, आधार व्याजदर १० दशमलव ५७ प्रतिशत र स्प्रेड दर ४ दशमलव ०७ प्रतिशत रहेको छ ।

जसको प्रतिशेयर आम्दानी २४ दशमलव १८ रुपैयाँ, बजार मुल्य २६६ रुपैयाँ, मुल्य अनुपात ११ गुणा, नेटवर्थ १६३ दशमलव ८० रुपैयाँ र तरलता अनुपात २८ दशमलव ०८ प्रतिशत रहेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया