छ महिनामा २३ अर्ब घनमिटर ग्यास आपूर्ति

४ बर्ष अगाडि

उरुम्क्वी – चाइना–सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट सन् २०१९ को प्रथम छ महिनामा २३ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ ।

यो पाइपलाइन तुर्कमेनिस्तान र उज्वेकिस्तानबीचको सीमा हुँदै चीन प्रवेश गर्दछ । 

मध्य एसियाली मुलुकसँगको इन्धन आदानप्रदान गर्न यो पाइपलाइन नौ वर्ष अघि निर्माण गरिएको थियो । गत जुन ३० तारिखसम्म यस पाइपलाइनबाट कूल २७७ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस ग्यास आपूर्तिबाट चीनका २७ वटा प्रान्तका ५० करोडभन्दा बढी मानिसलाई लाभ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया