कुमारी बैंकको नाफा १ अर्ब ३३ करोड

४ बर्ष अगाडि

काठमाडौं – कुमारी बैंकले गत आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा २८.०४ प्रतिशतले बढेर रु १ अर्ब ३३ करोड ४० लाख ४६ हजार पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा रु १ अर्ब ४ करोड १८ लाख ९२ हजार नाफा आर्जन गरेको छ ।

बैंककोे नाफा बढनलाई खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ । बैंकको खुद ब्याज आम्दानी ४८.५४ प्रतिशतले बढेर रु ३ अर्ब १ करोड ९४ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोहि अवधिमा २ अर्ब ३ करोड २६ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा ४२.६४ प्रतिशतले बढेर १ अर्ब ९२ करोड ४७ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा १ अर्ब ३४ करोड ९३ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड ९७ लाख ११ हजार रुपैयाँ रहेको छ ।

७३ अर्ब २० करोड १३ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७३ अर्ब १२ करोड ३ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा घटेर ०.९७ प्रतिशत रहेको छ । अघिल्लो आवमा १.०१ प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दनी १५ रुपैयाँ ३६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया