सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड , एकैदिन १५०० ले बढ्यो

४ बर्ष अगाडि

आज सुनको मूल्य एक हजार ५०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड  बनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको हो। 

हिजो ६६ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको आज तोलामै एक हजार ५०० रुपैयाँले बढेर  छापावाला सुन प्रतितोला ६७ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यो मुल्य अहिले सम्मकै उच्च हो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि हिजोको तुलनामा २० रुपैयाँले बढेर ७९५ रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया