पुरुष भलिबल यसै सातादेखि

४ बर्ष अगाडि

ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि आयोजना गरिने भएको हो । एक सय सत्र टोली सहभागी हुने उक्त  प्रतियोगितामा  विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजार पुरस्कार पाउनेछन्।

त्यसैगरी तेस्रो हुनेले रु २५ हजार र चौथो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो । तीनदिने उक्त प्रतियोगिता नयाँ बसपार्कमा आयोजना हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया