निकै रोचक ‘लव स्टोरी’

४ बर्ष अगाडि

बलिउड अभिनेता अजय देवगन र उनकी पत्नी काजोलको ‘लव स्टोरी’ निकै रोचक छ । उनीहरु वैवाहिक जीवनमा बाधिँएका १९ वर्ष पूरा भएको छ । १९ वर्षे वैवाहिक जीवनकालमा काजोल र अजयले जीवनमा थुप्रै फिल्ममा काम गरे र दर्शकको दिल र दिमागमा रहेका छन् । 

यसैबीच, अगस्ट ५ मा जन्मदिन मनाइरहेकी काजोलको अजयसँगको प्रेम निकै रोचक छ । 

विवाहपछिका दिनहरुमा वैवाहिक सम्बन्ध बन्दै र बिग्रदै गर्ने बलिउडको दुनियाँमा 
उनीहरुको जोडी एक उदाहरणको रुपमा लिइन्छ । विवाहको सुरुका दिनहरुमा अजय बलिउडका भर्खर भर्खर पाइला सार्दै थिए भने काजोल उचाईमा पुगिकेकी थिइन् । 

भारतीय मिडियालाई दिएको अन्तर्वातामा काजोलले किन अजय देवगनसँग विवाह गर्ने निर्णय लिएकी थिइन् भनेर खुलासा गरेकी थिइन् । उनले भनिन्, ‘त्यो समयमा यो फैसला मेरो लागि बिल्कुल सही थियो । मैले लगभग साढे आठ वा नौ वर्ष लगातार काम गरिसकेकी थिएँ । त्यसैले मैले कामबाट थोरै फुर्सद लिने बारेमा सोचेकी थिएँ । र कामलाई किनारा लगाउन विवाह गर्ने बारेमा सोचेँ ।’ सन् १९९९ मा वैवाहिक जीवनमा बाँधिएका काजोल र अजयका दुई छोराछोरी छन् । 

उनीहरु पहिलोपटक फिल्म ‘गुंडाराज’ को सेटमा मिलेका थिए । त्यतिबेला अजय चुपचाप बस्ने गर्थे त्यसैले सबैले उनलाई घमण्डी सोच्थे । तर, काजोलले उनका हरेक कुरा राम्रो लाग्न थाल्यो । भेटघाट बढ्न थाल्यो । धेरै समय साथमा बिताउन थाले । र पछि विवाह गर्ने निर्णय लिए । 

अजयले उनीहरुको विवाह घरको छतमा भएको बताएका थिए । उनी ‘बेडरुम’बाट निस्किए र छतमा गए अनि विवाह गरे । फेरि ‘बेडरुम’ मा आए । सहज तरिकाले सबै कुरा सकियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया