बार्सिलोनाले नल्याउने भयो नेमारलाई !

४ बर्ष अगाडि

बार्सिलोनाले प्रिसिजनमा नेयमारलाई अनुबन्ध नगर्ने भएको छ । ब्राजिलियन नेयमारले नोउ क्याम्प फर्किनका लागि भरपुर प्रयास गरेपनि सम्भव नहुने भएको छ ।

बार्सिलोनाका उपाध्यक्ष जोर्दी कारडोनरले तत्कालका लागि नेयमार अनुबन्ध गर्ने योजना स्थगित गरिएको जानकारी दिए । ट्रान्सफर मार्केट बिहीबार बन्द हुँदैछ । दई सिजनअघि २०० मिलियन पाउण्डमा बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन पुगेका नेयमार बार्सिलोना आउन चाहन्छन् ।

बार्सिलोनाले पछिल्लो पटक नेयमारलाई लोनमा क्याम्प नोउ फर्काउन प्रयास गरेको थियो । अब अर्को समरमा मात्र नेयमारलाई भित्राउन प्रयास गरिने बार्साका उपाध्यक्षको भनाई छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया