सरकारी स्वामित्वको कृषि विकास बैंकले कमायो ४ अर्ब ३५ करोड

४ बर्ष अगाडि

काठमाडौं – सरकारको वहुमत स्वामित्वको कृषि विकास बैङ्कले गत आर्थिक वर्षमा नाफा १९ प्रतिशत बढाएको छ । गत आर्थिक वर्षमा कृषि विकास बैंकले रु ४ अर्ब ३५ करोड ३२ लाख  खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु ३ अर्ब ६५ करोड ३५ लाख नाफा गरेको थियो ।

कृषि विकासले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा रु ६९ करोड ९७ लाख नाफा बढेको देखाएको छ । कृषि विकासले सेयरधनीलाई रु ३ अर्ब ३१ करोड लाभांश बाँड्न सक्ने जानकारी दिएको छ ।

बैङ्कको खुद ब्याज आम्दानी बढेर रु ७ अर्ब ३७ करोड भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु ६ अर्ब ८४ करोड ब्याज आम्दानी थियो ।

कृषि विकासको निष्क्रिय कर्जा घटेर २.९० प्रतिशतमा सीमित भएको छ । निक्षेप लागत ७.४१, सीसीडी ७८.७२ आधारदर १०.५८ र  ब्याजदर अन्तर ४.६८ प्रतिशत रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिसेयर आम्दानी रु ४४ र प्रतिसेयर खुदमूल्य बढेर रु  ३१४ पुगेको छ । बैङ्कको सञ्चित कोषको आकार बढेर रु १० अर्ब ४० करोड पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया