राष्ट्र बैंकले जारी गर्यो कडा निर्देशन , पचास लाख माथिको ऋणमा प्यान नम्बर अनिवार्य,

४ बर्ष अगाडि

काठमाडौं – बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यापार, व्यवसाय गर्ने सोच बनाउनु भएको छ ।

त्यस्तो सोच गर्नुभएको छ भने अब तपाईले कर्जा प्रक्रिया शुरु गर्नु अगावै आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्थाबाट रु ५० लाख भन्दा बढी कर्जा लिने ऋणीका लागि प्यान नम्बर अनिवार्य गरेको छ । यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न केन्द्रीय बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।राष्ट्र बैंकले  ‘बैङ्क तथा वित्तीय संस्थाले छुट्टाछुट्टै वा एकमुष्ट गरी रु ५० लाख वा सो भन्दा बढीको रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने व्यवस्था गरेको छ ।

यसअघि रु एक करोड भन्दा बढीको कर्जा प्रवाहमा मात्र प्यान अनिवार्य गरिएको थियो । बैंकले आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीति सार्वजनिक गर्दै सो सीमा घटाएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया