ठमेलमा खुल्यो महालक्ष्मी विकास बैंकको नयाँ शाखा

४ बर्ष अगाडि

काठमाडौं – महालक्ष्मी विकास बैंक लि.ले २०७६ श्रावण २० गते सोमबारदेखि बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिका वडा नम्बर २९, ठमेलमा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ । 

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी  ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया