ऐतिहासिक रेकर्ड बनाउने क्रम जारी,सुनको मुल्य दुई दिनमा १७००ले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं – आज सुनको भाउ तोलाको ६८ हजार पुगेको छ ।

हिजो ६७ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मुल्य  आज दुई सय रुपैयाँले बढेको हो । यस्तै आज तेजावी सुनको मूल्य पनि तोलाको २ सय बढेर ६७ हजार ७ सय पुगेको छ । समबार र मंगलबारमा सुनको भाउ १७०० ले बढेको हो ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको हो ।

आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । सोमबार तोलामा एकैचोटी २० रुपैयाँ बढेर प्रतितोला ७ सय ९५ रुपैयाँ पुगेको चाँदी आज पनि सोहि मूल्यमा नै कारोबार भइरहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया