यस्तो केटाको खोजिमा बलिउड नायिका परणिती

४ बर्ष अगाडि

काठमाडौँ – बलिउड नायिका परणिती चोपडालाई हिजोआज बिबाहको प्रश्नले हैरान बनाएको छ । उनका समकालिन नायिकाहरुले बिबाह गरिसकेको भएर पनि होला, परिणितीले बिबाहको प्रश्न धेरै सामना गर्नुपरेको छ ।

अहिले परणिती चलचित्र ‘जबरिया जोडी’को प्रचारमा व्यस्त छिन् । तर, चलचित्रको प्रचारमा पनि उनले बिबाहको प्रश्नको सामना गर्नुपरेको छ । भारतीय मिडियाले उनलाई कस्तो पुरुष पाएको खण्डमा बिहे गर्नुहुन्छ भनेर प्रश्न गरेका छन् ।

यसको जवाफ दिदै परिणिती भन्छिन्–‘मलाई त रोमान्टिक श्रीमान् मनपर्छ । मलाई उसले खुबै माया गर्नुपर्छ । अनी, उसले मेरो कामको पनि सम्मान गर्नुपर्छ । यत्ती भएको खण्डमा मात्र म बिहे गर्छु ।’

‘जबरिया जोडी’मा परणितीले नायक सिद्धार्थ मल्होत्रासँग पर्दा शेयर गरेकी छिन् । यसपछि भने उनी साइना नेहवालको वायोपिकमा काम गर्दैछिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया