कुन महिलाको स्वभाव कस्तो ? नामबाटै यसरी थाहा पाउनुस् !

४ बर्ष अगाडि

जन्मिएको स्थान, समय र नामअनुसार पनि मानिसको स्वभाव र भाग्य थाहा पाउन सकिन्छ । यी मध्ये यहाँ हामीले नामको बारेमा चर्चा गरेका छौँ । धर्मशास्त्र भन्छ – कुनैपनि व्यक्तिको जीवनमा नामको ठूलो महत्व छ । यता ज्योतिष विज्ञानले पनि नामबाटै बानी व्यहोराको बारे जानकारी हासिल गर्न मद्दत गर्ने कुरा उल्लेख गरेको छ ।

जुन महिलाको नाम अंग्रेजी अक्षर डब्लूबाट सुरू हुन्छ ती महिला निकै खर्चालु मात्र होइन उनीहरू निकै शौखिन पनि हुन्छन् ।

शास्त्रमा लेखिएअनुसार, डब्लूबाट नाम सुरू हुने महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । उनीहरू सँधै जसो पुरूषहरूमाझ चर्चित भइ नै रहन्छन् । त्यस्ता महिलाहरु सँधै अरूको भित्री कुरा जान्न उत्सुक रहन्छन् ।

यतिमात्र होइन डब्लू अक्षरबाट नाम सुरू हुने महिलाहरू अनावश्यक रूपमा अरूसँग सम्बन्ध राख्न चाहँदैनन् ।

सकेसम्म उनीहरू विवादबाट बच्छन् । त्यस्ता महिला तथा युवतीहरुले साथी बनाउँदा पहिले त्यो व्यक्तिको हैसियत र क्षमताबारे विचार गर्छन् । अनिमात्र अघि बढ्छन् । त्यस्ता महिलाको स्वभाव निकै जिद्दी हुन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया