बैंक अफ काठमाडौंले कमायो एक अर्ब ९३ करोड

४ बर्ष अगाडि

काठमाडौं – बैंक अफ काठमाडौले ४६.७० प्रतिशतले नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्षमा रु एक अर्ब ९३ करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा रु एक अर्ब ३२ करोड  थियो। नाफामा सुधार भएसँगै प्रतिशेयर आम्दानी रु १९ बाट रु २४ पुगेको छ ।

निक्षेप र ऋण लगानीमा खासै सुधार नभए पनि नाफामा भने उल्लेख्य सुधार गरेको हो। बैंकले ७.८२ प्रतिशतले निक्षेप सुधार गर्दा ऋण लगानी थप ९.०४ प्रतिशत विस्तार गरेको छ। बैंकले गत वर्ष रु ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरि रु ७१ अर्ब ७३ करोड ऋण लगानी गरेको हो।

खुद व्याज आम्दानी २३ प्रतिशतले बढाएर रु  तीन अर्ब ७७ करोड  आर्जन गरेको छ। निक्षेपको व्याजमा सिलिङ तोकिए सँगै व्याज खर्चको तुलनामा व्याज आम्दानी धेरै हुँदा नाफामा उल्लेख्य सुधार गर्न सफल भएको हो।

नेपाल राष्ट्र बैंकले निर्देशन गरेको रु ८ अर्ब पुरा गर्दै गर्दा बैंकको पूँजीकोष अनुपात स्थिर देखिएको छ । पूँजीकोष अनुपात १४.५८ प्रतिशत छ। खराव कर्जा ०.३२ प्रतिशत विन्दुले सुधार भएर १.५ प्रतिशतमा झरेको छ। आधार व्याजदर ०.६९ प्रतिशत विन्दुले घटेर एकल विन्दु ९.९८ प्रतिशतमा झरेको हो। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ०.५८ प्रतिशत विन्दुले स्प्रेडदर घटाएर ४.४ प्रतिशतमा झारेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया