किन घट्यो चिलिमे जलविद्युत् कम्पनीको नाफा

४ बर्ष अगाडि

काठमाडौं – चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको  नाफा ३० प्रतिशत घटेको छ । चिलिमेले गत आर्थिक वर्षमा रु ७१ करोड ५७ लाख खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु ९२ करोड ८३ लाख खुदनाफा गरेको थियो । रोयल्टि खर्च बढेपछि नाफा घटेको चिलिमेले जनाएको छ ।

चिलिमेले अघिल्लो वर्षको तुलनामा गत वर्ष रु २१ करोड २५ लाख  नाफा घटेकोआज  सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

नाफा कम भएकाले सेयरधनीलाई दिने लाभांशमा पनि कम आउने देखिएको छ । गत वर्ष बोनस सेयर र नगद गरी सेयरधनीलाई २५ प्रतिशत लाभांश दिएको थियो ।

चालु आर्थिक वर्षदेखि कुल नाफाको २० प्रतिशत सरकारलाई संस्थागत कर (कर्पोरेट ट्याक्स) तिर्नुपर्ने भएकाले सेयरधनीले पाउने लाभांश अझ घट्ने देखिएको छ ।

कम्पनीको विद्युत बिक्री आम्दानी २.८१ प्रतिशत बढेर रु  १ अर्ब १७ करोड  पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु  १ अर्ब १३ करोड आम्दानी गरेको थियो । यस्तै ब्याज आम्दानी ७५.७० प्रतिशत बढेर रु १२ करोड पुगेको छ ।

नाफामा कमी आएपछि प्रतिसेयर आम्दानी पनि घटेर १५ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष रु २३ थियो । यस्तै प्रतिसेयर नेटवर्थ पनि घटेर रु १९५ मा झरेको छ । अघिल्लो वर्ष रु २२५ थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया