संविधान विपरित किन जाँदैछ काँग्रेस हिन्दु राष्ट्रको एजेण्डामा

४ बर्ष अगाडि

काठमाडौं – संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र मानेको छ । सबै धर्मलाई समान अधिकार संविधानले दिएको छ । यद्यपी नेपालमा ८० प्रतिशत भन्दा बढीले हिन्दु धर्म मान्छन् । जनआन्दोलन दुईको माग समेत धर्मनिरपेक्षता नै थियो । राजनीतकि परिवर्तनको प्रमुख आधारको रुपमा समावेशी, समानुपातिक प्रणाली, संघीयता तथा अन्य राजनीतिक र सामाजिक अधिकारलाई लिइएको छ । 

तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस भित्र भने संविधान विपरितका हर्कत सुरु भएका छन् । संविधानले लिएको मूल मर्म र भावना विपरित गएर काँग्रेसका केही शीर्ष नेताले नै संविधानको मूल स्पिरिट विपरित गएर हिन्दु धर्मको पक्षमा वकालत गरिरहेका छन् । त्यसमा महामन्त्री सशांक कोइराला नै लागिपरेका छन् । उनले नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने विषयमा माग गर्दै आएका छन् । उनले पटक पटक नेपालमा अन्जानवश धर्मनिरपेक्षता राखिएको भन्दै चर्को आलोचना गर्दै आएका छन् । 

नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रको विषयले बेलाबेला चर्चा पाएपनि मूर्त रुप पाउन सकेको छैन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । तर, बैठकमा कुनै पनि नेताले हिन्दूराष्ट्रको कुरा देखिने गरी नउठाएपनि महामन्त्री संशाक कोइराला र अर्का केन्द्रीय सदस्य शंकर भण्डारीलगायतले भने हिन्दु राज्यको एजेण्डालाई बल पुग्ने गरी काम गरिरहेका छन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दूराष्ट्रको विषयलाई केन्द्रीय कार्यसमितिको बैठकमा चर्को रुपमा उठाउने तयारी गरेका छन् । भण्डारीले सार्वजनिक कार्यक्रमहरूमा हिन्दूराष्ट्रको कुरा उठाउने गरेका छन् । कांग्रेसभित्र नेता भण्डारीले मात्रै जोडदार रुपमा हिन्दूराष्ट्रको पक्षमा सार्वजनकि रुपमा जनता भड्काउने गरी अभिव्यक्ति दिँदै आएका छन् । 

महामन्त्री डा.शशांक कोइरालाले पनि हिन्दूराष्ट्रको पक्षमा बेलाबेला अभिव्यक्ति दिने गरेका छन् । डा.कोइरालाले हिन्दूराष्ट्रको पक्षमा बोले पनि उनले स्पष्ट रुपमा एजेण्डा बोक्न नसकेको भन्दै आलोचना समेत हुँदै आएको छ । काँग्रेस भित्रका केही दािणपन्थी धारका नेताहरुले महामन्त्रीको काँधमा बन्दुक राखेर हिन्दु राज्यको एजेण्डा अगाडि सारेका छन् ।

हिन्दूराष्ट्रको पक्षमा उनको दोहोरो चरित्रले कांग्रेसका नेता तथा कार्यकता समेत आश्चर्यमा परेको जानकारहरुको भनाइ छ । तर कोइराला भने जसरी भने पनि सो विषयलाई सपित गराएरै छाडने मनस्थितीमा रहेका छन् ।  नेपाली कांग्रेसका अर्का नेता डा.शेखर कोइरालाले पनि हिन्दूराष्ट्रको पक्षमा झिनो स्वरमा अभिव्यक्ति दिँदै आएका छन् । उनले पनि जिब्रो चपाएको कांग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउनेहरूले आरोप लगाउने गरेका छन् ।

काँग्रेसका दिवंगद नेता खुमबहादुर खड्का नर्मदासम्म उनले हिन्दूराष्ट्रको पक्षमा जोडदार रुपमा आवाज उठाएका थिए । तर, खड्काको निधनसँगै यो एजेण्डा मुर्छित अवस्थामा पुगेको थियो । पुनः हाल संशाक कोइराला र शंकर भण्डारीहरु त्यसको पक्षमा खुलेर लागेका छन् ।  कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नै नेपाललाई धर्मनिरपेक्ष बनाएको भन्दै उनको खोइरो खनेका छन् । पछिल्लो पटक जारी काँग्रेस केन्द्रीय समितिको बैठकमा सो विषयले प्रवेश पाउने बताइएको छ । तर कुन नेताले के कसरी सो एजेण्डा अगाडि बढाउलान् भन्ने बारेमा भने तत्काल नै केही भन्न सकिने अवस्था छैन । 

४ बर्ष अगाडि

प्रतिक्रिया