किन भयो स्टकमा बिहिबार सबैभन्दा बढी कारोवार

४ बर्ष अगाडि

काठमाडौं – नेपालको पूँजी बजारको इतिहासमा बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ ।

कुल २९ हजार ४९६ कारोबारबाट रु ४५ करोड ४६ लाख २९ हजार ५७५ बराबरका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

कारोबार संख्याका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको कारोबार सङ्ख्या १२ हजार ५०९ रहेको छ ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीको कारोबार सङ्ख्या पनि उल्लेख्य रह्यो । साञ्जेनको कारोबार संख्या  ११ हजार ९९१ रहेको स्टकले जनाएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया