छविराज र शिल्पा हराएपछि...

४ बर्ष अगाडि

काठमाण्डौँ – चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट पक्राउ पुर्जी बुधबार जारी भएको थियो । सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री शिल्पा भूमिगत भएका छन् ।

यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ । यतिबेला निर्माता छविराज काठमाडौंमै छन् । अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्मको छायांकनका लागि धरानमा थिइन् । 
बुधबार पक्राउ पुर्जी जारी गरेपछि फिल्मको छायांकन स्थलबाट अभिनेत्री शिल्पा पनि भूमिगत भएको युनिटका एक व्यक्तिले जानकारी गराए ।

निर्माता छविराजको जेठी श्रीमती हेमा पोखरेलले छविराज र शिल्पाविरुद्ध गत आइतबार महानगरीय प्रहरी वृत्त गौशलामा उजुरी दिएपछि गौशालाले यो मुद्दा महानगरी प्रहरी वृत्त कालिमाटीलाई सुम्पिएको हो । अहिले निर्माता र अभिनेत्री शिल्पालाई महिला सेलका तर्फबाट खोजी भइरहेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया