मेस्सी र रोनाल्डो च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राईकर अवार्डका लागि मनोनयन

४ बर्ष अगाडि

एजेन्सी - स्पेनिस महारथी बार्सिलोनाका स्टार लियोनल मेस्सी र इटालियन क्लब युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राईकर अवार्डका लागि मनोनयनमा परेका छन् । 

युरोपियन फुटबल महासंघ (युएईएफए) ले बिहिबार साँझ सार्वजनिक गरेको च्याम्पियन्स लिगको उत्कृष्ट स्ट्राईकरको मनोनयनमा मेस्सी र रोनाल्डोसँगै च्याम्पियन्स लिग विजेता लिभरपुलका साडियो माने पनि परेका छन् । यसैगरी उत्कृष्ट मिडफिल्डर अवार्डका लागि टोट्टनहामका क्रिस्टियन एरिक्सन, बार्सिलोनाका फ्रेन्की डी जोङ र लिभरपुलका जोर्डन हेन्डरसन मनोनयनमा परेका छन् ।

उत्कृष्ट रक्षकको मनोनयनमा लिभरपुलका भिर्जल भानडिक, ट्रेन्ड आर्नोल्ड र युभेन्ट्सका म्याथिस डी लिग्ट परेका छन् । गोलरक्षकको मनोनयनमा लिभरपुलका एलिसन बेकर, टोट्टनहामका ह्युगो लोरिस र बार्सिलोनाका मार्क टेर स्टेगन परेका छन् । सबै विधाको विजेता घोषणा आगामी अगष्ट २९ तारिखमा हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया