मेस्सी, रोनाल्डो र मानेमध्ये को बन्ला च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्ड ?

४ बर्ष अगाडि

युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले च्याम्पियन्स लिगको ‘पोजिसनल अवार्ड’ को मनोनयन सार्वजनिक गरेको छ । युइएफले बिहीबार सन् २०१८–१९ को सिजनको च्याम्पियन्स लिगअन्तर्गतको पोजिसनल अवार्डको मनोनयन सार्वजनिक गरको हो ।

जसमा, उत्कृष्ट फरवार्डतर्फ स्टार खेलाडीहरूले स्थान बनाएका छन् । जसमा, इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका कप्तान लियोनल मेस्सी र लिभरपुलका स्टार साडियो माने रहेका छन् ।

मेस्सीले अघिल्लो सिजनको च्याम्पियन्स लिगमा १२ गोल गरेका थिए । सन् २०१८–१९ को च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्तासमेत रहेका मेस्सीले आफ्नो टोली बार्सिलोनालाई सेमिफाइनल पुर्याएका थिए । तर, बार्सिलोनालाई साडियो मानेको टोली लिभरपुलले पाखा लगाउँदै फाइनलमा स्थान बनाएको थियो ।

यता, मेस्सी र मानेको प्रतिद्वन्द्वी रोनाल्डोले भने अघिल्लो सिजनको च्याम्पियन्स लिगमा मात्र ६ गोल गरेका थिए । उनको टोली युभेन्टस भने क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । यस्तै मानेले भने आफ्नो टोली लिभरपुललाई उपाधि नै जिताएका थिए । यसरी, हर्दा मानेलाई यस अवार्डका दाबेदार मानिएको छ । तर, सन् २०१८–१९ को च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता मेस्सी पनि यस अवार्डको दौडमा अगाडि नै रहेका छन् ।

यस्तै यस मनोनयनमा तीन जना गोलकिपर, तीन जना डिफेन्डर, तीन जना मिडफिल्डर र तीन जना फरवार्ड गरी १२ जनालाई समावेश गरिएको छ । जसमा, युरोपियन च्याम्पियन्स लिग विजेता टोली लिभरपुलका ५ खेलाडीले स्थान बनाएका छन् ।

जसमा, गोलकिपरमा एलिसन बेकर, डिफेन्डरमा भर्जिल भान डाइ र ट्रेन्ड आर्नोल्ड, मिडफिल्डरमा जोर्डन हेन्डरसन र फरवार्डमा साडियो माने परेका छन् । यस्तै उक्त मनोनयमा बार्सिलोनाका ३ खेलाडी परेका छन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सी, मार्क आन्द्रे टर स्टेगन र हालै मा डच क्लब आयाक्सबाट बार्सिलोना आएका फ्रेन्की डी योङ परेका छन् ।

यता, इटालियन क्लब युभेन्टसका दुई खेलाडी मनोनयनमा छानिएका छन् । युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र यसै सिजन मात्र डच क्लब आयाक्सबाट युभेन्टस आएका माथिस डी लिग्ट रहेका छन् ।

यसैगरी, टोटनह्यामका २ खेलाडीले मनोनयमा स्थान बनाएका छन् । टोटेनहमका क्रिस्टियन एरिक्सन र ह्युगो लोरिस परेका छन् । युएइएफएले विजेताको घोषणा आगामी अगष्ट २९ मा मोनाकोमा सार्वजनिक गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया